बुधबार थपिए ८६८ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौँ, २५ साउन । बुधबार देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो १ हजार ९० जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा ६ हजार ७ सय ५ नमुना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप ४१४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । भने थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २२९, ललितपुरमा ५३ र भक्तपुरमा १८ जना गरी उपत्यकामा ३ सय जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८४रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ७१ जना र संस्थागत आइसोलेसनमा २१४ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६४ जना र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *