जर्मनीमा बच्चामा पनि भेटियो मङ्कीपक्सको संक्रमण

80
Shares

बर्लिन, २५ साउन । जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको छ । यहाँका चार बर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो ।

उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर सङ्क्रमित रहेका र उनीहरूसँगै बस्दै आएकी यी बालिकामा पनि सो सङ्क्रमण भेटिएको उक्त इन्स्टिच्युटले मङ्गलबार जनाएको छ ।

जर्मनीमा गएको मे महिनादेखि मङ्कीपक्सको सङ्क्रमण देखिएको हो । यहाँ अहिलेसम्म दुई हजार नौ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिइसकेको छ । तर बच्चामा भने यो पहिलो पटक पाइएको बताइएको छ ।

अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौ सयभन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ । सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *