एकैदिन थपिए हजार भन्दा बढी कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ, २४ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४३८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ६ हजार ३ सय नमुना परीक्षण गर्दा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३ सय ४, ललितपुरमा ७२ र भक्तपुरमा २१ जना गरी उपत्यकामा ३ सय ९७ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ५ सय ९३ जना र संस्थागत आइसोलेसनमा २१३ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६१ जना र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *