चौबिस घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ, १९ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३२४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । कारोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार ९२६ नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २४६, ललितपुरमा ८८ र भक्तपुरमा १७ जना गरी उपत्यकामा मात्रै ३५२ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ४४० जना र संस्थागत आइसोलेसनमा १६२ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ४४ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *