बागमती प्रदेशका क्यान्सर पिडीत बालबालिकालाई कान्ति बाल अस्पतालमा डेढ लाख रुपैयाँसम्मको उपचार निशुल्क

काठमाडौँ, १९ साउन । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले अब बागमती प्रदेशका क्यान्सर रोग लागेका बालबालिकालाई डेढ लाख रुपैँयासम्मको उपचार निशुल्क गरिदिने भएको छ ।

प्रदेश सरकार र अस्पतालबीच बुधबार सम्झौँता भएपछि बागमतीका क्यान्सर पिडीत बालबालिकाले डेढ लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने भएका हुन् ।

यसअघि सो अस्पतालमा बागमती प्रदेशका क्यान्सर पिडीत बालबालिकाहरुले उपचार गर्न जाँदा संघीय सरकारले उपलव्ध गराएको एक लाख रुपैयाँसम्मको उपचार निशुल्क प्राप्त गर्दथे ।
बुधबार हेटौडास्थित स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा युवानिधी बसौला र मन्त्रालयका नीति योजना महाशाखा प्रमुख दिपक तिवारीबीच प्रदेशका क्यान्सर पिडीत बालबालिकाहरुलाई ५० हजार रुपैयाँ उपचार सुविधा उपलव्ध गराउने सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।
कान्ति अस्पतालमा १४ बर्ष मुनिका बालबालिकाको क्यान्सरको पनि उपचार हुन्छ । क्यान्सरका बिरामीलाई संघीय सरकारले दिने १ लाख रुपैयाँ थियो । अहिले त्यसमा प्रदेशले आफ्ना प्रदेशका बालबालिकालाई मात्रै उपचारमा ५० हजार रुपैयाँ थप गरिदिएको छ । यसले गर्दा बागमती प्रदेशका बालबालिकाहरुले संघ र प्रदेशबाट पाउने सुविधा जोडेर डेढ लाख रुपैयाँको उपचार सहुलियत पाउँछन् । यो कार्यक्रमको १ साउन देखि नै लागू हुने गरी हिजो सम्झौँता भयो । निर्देशक बसौलाले भने ।

निर्देशक बसौलाका अनुसार कान्ति बाल अस्पतालमा क्यान्सर पिडीत बालबालिकाको उपचारका लागि वार्डमा २६ बेड र थप ६ वटा डे केयर बेड गरी कुल ३२ बेड सञ्चालन छ । त्यहाँ मात्रै प्रत्येक बर्ष क्यान्सर रोग लागेका २०० बढी नयाँ बालबालिका थपिन्छन् ।
बागमती प्रदेश सरकारले आफ्ना नागरिकलाई क्यान्सर रोगको उपचारमा सहुलियत दिन १८ वटा अस्पतालसंग सम्झौँता गर्ने गरी सूची तयार गरेको छ । ती मध्ये अधिकांश अस्पतालसंग सम्झौँता भएको र केही बाँही रहेको उल्लेख गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *