भारतमा मङ्कीपक्सका थप संक्रमित भेटिए

164
Shares

काठमाडौँ, ८ साउन । भारतको नयाँदिल्लीमा मङ्कीपक्सका नयाँ संक्रमित भेटिएका छन् । पश्चिमी दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मङ्कीपक्स संक्रमण देखिएको हो ।

उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । योसँगै भारतमा अहिलेसम्म मङ्कीपक्सका चार जना संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। अहिलेसम्म यो संक्रमण विश्वका ७५ बढी मुलुकमा देखिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६,००० भन्दा धेरै सङ्क्रमितहरू पुष्टि भएको जनाएका छन्।

उनले मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *