कोरोना लागेका बाइडेनको स्वास्थ्यमा सुधार


एजेन्सी । कोभिड–१९ को संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्यमा सुधार आएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका चिकित्सकले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र उनले औषधि पनि लिइरहेको बताएका हुन्।

७९ बर्षका बाइडेनलाई विहीबार विहान गरिएको परीक्षणमा कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । बाइडेनलाई बिहीबार ज्वरो आउनेलगायतका लक्षण देखिए पनि उनको अवस्थामा सुधार आएको छ।

अझै पनि बाइडेनमा रुघा, थकान र कहिलेकाहीँ खोकी लाग्ने समस्या रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उनको शरीरको तापक्रम भने सामान्य अवस्थामा फर्किएको छ। त्यस्तै मुटुको गति, रक्तचाप, श्वासप्रश्वासको दर र शरीरमा अक्सिजनको मात्रा पनि सामान्य अवस्थामा फर्किएको छ।

बाइडेनले कोरोनाको पूरा डोज खोप लिइसकेकाले पनि उनको स्वास्थ्यमा कुनै जटिलता नदेखिएको चिकित्सकहरुले बताएका छन्।

ह्वाइट हाउसका अनुसार बाइडेनको सम्पर्कमा आएका १७ जनाको परीक्षण गर्दा कसैलाई पनि कोभिड–१९ को संक्रमण देखिएको छैन।

उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिंदै आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *