अस्ट्रेलियाको जन्मदर १० वर्ष यताकै न्यून

क्यानबेरा, ६ साउन । अस्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्यांकले देखाएको छ। देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआईएचडब्ल्यु) ले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ।

कोभिड-१९ महामारीको पहिलो महिनाको तथ्यांक प्रस्तुत गर्दै एआईएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ। सन् २०२० मा बच्चा जन्माएका आमाहरूको औषत उमेर ३० वर्ष नौ महिना थियो भने सन् २०१० मा ३० वर्षकै उमेरमा उनीहरूले सन्तान जन्माएका थिए।

अस्ट्रेलियामा ४० वर्ष र त्यसभन्दा माथिका आमाहरूको उच्च अनुपात अर्थात् सन् २०१० मा ४.१ प्रतिशतको तुलनामा सन् २०२० मा ४.५ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ।  सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *