थपिए ४५६ जना कोरोना संक्रमित, २८४१ सक्रिय संक्रमित

काठमाडौँ, ६ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४५६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ८० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ८३८ नमुना परीक्षण गर्दा ४५६ जना संक्रमण पुष्टि भएको हो । जसमा २ हजार १६८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३८४ र १ हजार ६७० सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७२ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १७३, भक्तपुरमा २४ र ललितपुरमा ५२ जना गरी उपत्यकामा २४९ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८४१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ हजार ७०८ जना र संस्थागत आइसोलेसनमा १३३ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा २२ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *