थपिए ४३५ जना कोरोना संक्रमित, २५३७ सक्रिय संक्रमित

काठमाडौँ, ५ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ४३५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ५६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ५६९ नमुना परीक्षण गर्दा ४३५ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ६६७ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३१७ र १ हजार ९०२ सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५३७ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ हजार १४३ जना र संस्थागत आइसोलेसनमा १४१ जना रहेका छन् । संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १९जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *