दक्षिण कोरियामा एकैदिन ७१ हजार भन्दा बढी कोरोना संक्रमित

सोल, ५ साउन । दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौसय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चारसय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ ।

सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *