तातो हावाबाट स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु

काठमाडौँ, ५ साउन । स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट एकै हप्तामा ६७९ ज्यान गएको स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँ जुलाई १० देखि १७ सम्ममा ६७९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार जुलाई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै यहाँका ज्येष्ठ नागरिकहरुको ज्यान गएको छ ।

सो संस्थाले गरेको अनुसन्धानबाट यहाँ बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ ।

देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन।

यहाँका स्वास्थ्य अधिकारीहरुले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ । । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *