गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई कोरोना संक्रमण

60
Shares

काठमाडौँ, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको हो।

मुख्य मन्त्री पोखरेललाई आइतबारदेखि नै सामान्य रुघा लागेको थियो । सोमबार बिहानबाट भने हल्का ज्वरो समेत आएको थियो।

त्यसपछि चिकित्सकको निगरानीमा रहेका पोखरेलको मंगलबार पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ।

बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *