चौबिस घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण, १९८२ सक्रिय संक्रमित

काठमाडौँ, ३ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३५७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ६२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ३५७ नमुना परीक्षण गर्दा ३५७ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ८५७ जनाको पीसीआर नमुना परीक्षण गर्दा २६८ र १ हजार ५ सय जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७८९ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११९, भक्तपुरमा ५ र ललितपुरमा ३० जना गरी उपत्यकामा १५४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार ८६५ जना र संस्थागत आइसोलेसनमा ११७ जना रहेका छन् ।  संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १९ जना उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *