लोकसेवाद्धारा पदपूर्ति सम्वन्धी नयाँ कार्यातालिका सार्वजनिक : स्वास्थ्यको कुन तहको पदपूर्ति कहिले ?

काठमाडौँ, १ साउन । लोकसेवा आयोगले आर्थिक बर्ष २०७९ /०८० को पदपूर्ति सम्वन्धी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार स्वास्थ्य सेवाको एघारौँ र नवौँ तहको खुल्ला आन्तरिक प्रतिस्पर्धा र बढुवाको विज्ञापन असोजको अन्तिम बुधबार प्रकाशित गर्ने तालिका राखेको छ ।

यस्तै पुस माघमा परीक्षा संचालन गर्ने, फागुन चैतमा नतिजा र अन्तरवार्ता र सिफारिसको काम चैत बैशाखमा गर्ने उल्लेख छ ।

यस्तै आठौँ तहमा खुल्ला प्रतियोगिताबाट मात्रै पदपूर्ति गर्ने र त्यसको परीक्षाका लागि पनि कात्तिकको अन्तिम बुधबार सूचना प्रकाशित गर्ने उल्लेख छ । सातौँ तहको आन्तरिक खुल्ला र बढुवा गरी तीन किसिमबाट पदपूर्ति हुने र त्यसको पनि कािित्तकको अन्तिम बुधबार सूचना प्रकाशित हुने उल्लेख छ ।

यस्तै पाँचौँ तहको माघको अन्तिम बुधबार र चौथो तहको चैतको अन्तिम बुधबार सूचना प्रकाशित गर्ने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *