चौबिस घण्टामा थप २०५ जनामा कोरोना संक्रमण, १,३८५ सक्रिय संक्रमित

काठमाडौँ, ३२ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २०५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ५१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ९० नमुना परीक्षण गर्दा २०५ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ९९ जनाको पीसीआर नमुना परीक्षण गर्दा १५२ र १ हजार ८९१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५३ जना रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८२, भक्तपुरमा ७ र ललितपुरमा ११ जना गरी उपत्यकामा १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३८५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार ३४४ जना र संस्थागत आइसोलेसनमा ४१ जना रहेका छन् ।

त्यस्तै संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १७ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *