स्तरबृद्धि बदर भएको सूचना आफ्नो वेवसाइटबाट हटायो विभागले

भन्यो, 'योग्यता पुगेकाको स्तरबृद्धि यथावत हुनेछ, अर्को सूचना नभएसम्म निर्णय कार्यान्वयन नगर्नु'
7.9k
Shares

काठमाडौँ, ३० असार । स्वास्थ्य सेवा विभागले छैटौँ तहमा स्तरबृद्धि भएको छ महिना पछि बदर भएका ६६ जना स्वास्थ्यकर्मीको नाम सूची आफ्नो वेवसाइटबाट हटाएको छ । मंगलबार वेबसाइटमा राखेको स्तरबृद्धि बदर सम्वन्धी सूची भाषागत त्रुटि देखिएको भन्दैे बुधबार वेवसाइटबाट हटाएको हो ।

यसअघि स्तरबृद्धि बढुवा सम्बन्धी निर्णय ६ महिना पछि बदर गर्ने विभागको निर्णयप्रति स्वास्थ्यकर्मीहरुले तिब्र आलोचना गरेका थिए । उनीहरुले बुधबार विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहलाई भेटेर निर्णय सच्याउन समेत आग्रह गरेका थिए ।

त्यसो त बुधबार नै विभागले जारी गरेको सूचनामा ६६ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि बदर गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको निर्देशन र विभागको निर्णय अनुसार भएको दोहोरयाएको छ । तर निर्णय विवादमा परेपछि उसले योग्यता पुगेका स्वास्थ्यकर्मीको स्तरबृद्धि यथावत हुने बताएको छ ।

उसले बदर भएको भनिएको ६६ जनाको विषयमा स्तरबृद्धि सम्वन्धी निर्णय अर्को सूचना प्रकाशित नभएसम्म कार्यान्वयन नगर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *