१८ बर्ष माथिका नागरिकलाई कोभिडबिरुद्धको ‘बुस्टर डोज’ निशुल्क गर्दै भारत

१५ जुलाई देखि ७५ दिनसम्म यो अभियान सञ्चालन गर्ने सरकारको निर्णय
48
Shares

नयाँ दिल्ली । भारतमा १८ वर्ष माथिका नागरिकलाई आगामी १५ जुलाई देखि कोभिडविरुद्धको खोपको बुस्टर डोज निशुल्क हुने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बुधबारको मन्त्रिपरिषद बैठकले कोरोनाको बढ्दो संक्रमणलाई ध्यान दिएर बुस्टर डोज निशुल्क गर्ने घोषणा गरेको हो ।

यसअघि भारतमा दुई डोज लगाएका नागरिकले ९ महिनापछि निजी संस्थामा गएर बुस्टर डोज लिन सक्ने व्यवस्था गरेको थियो । त्यसबेला सरकारले कोभिसिल्डको मूल्य प्रति डोज ५०० रुपैयाँ, कोभ्याक्सिनको मूल्य प्रतिडोज १२०० रुपैयाँ र स्पुतनिक भीको मूल्य ९४८ रुपैयाँ तोकेको थियो । त्यसमा अझ १५० रुपैयाँ सर्भिस चार्ज समेत दिनु पर्दथ्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा १५ जुलाईबाट ७५ दिनसम्म विशेष अभियान सुरु हुने बताएका छन् ।
कोभिडविरुद्धको लडाईमा खोप एक प्रभावकारी उपाय हो मोदीले भनेका छन्, ‘यसले जनतालाई स्वस्थ र देश स्वस्थ बनाउन मद्धत मिल्छ ।’

केन्द्रीय स्वास्थ्य मन्त्रालयले पूर्ण खोप लगाएका ६ महिना पुगेका व्यक्तिले बुस्टर डोज लगाउन सक्ने बताएको छ । यसअघि पूर्ण खोप लगाएको ९ महिना पुगेका व्यक्तिले मात्रै बुस्टर डोज लगाउन सक्ने बताएको थियो ।

भारतमा अहिलेसम्म १ अर्व ९९ करोड डोज कोभिडबिरुद्धको खोप लगाई सकिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *