छैटौं तहमा स्तरबृद्धि भएको ६ महिना पछि ६६ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि बदर
काठमाडौँ, २९ असार । स्वास्थ्य सेवा विभागले छ महिना अघि छैटौँ तहमा स्तरबृद्धि गरेका ६६ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि बदर गरेको छ । स्वास्थ्य मन्त्रालयको सचिव स्तरको राय तथा विभागको निर्णय अनुसार भन्दै मंगलबार स्तरबृद्धि बदर गरेको हो ।
उनीहरुको २९ पुसमा पाँचौं तहबाट छैटौँ तहमा स्तरबृद्धि गरी पदनाम दिईएको थियो ।
विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले शैक्षिक योग्यता र आन्तरिक मूल्यांकन सम्वन्धी व्यवस्था केही बाझिएकोले त्यसलाई कानून सम्वत गर्दा स्तरबृद्धि बदर भएको प्रतिक्रिया दिए । उनले लामो समय देखि यस विषयमा छलफल गरेको र कानूनी राय लिएर निर्णयमा पुगेको समेत बताए ।
विभागले स्तरबृद्धि भएको छ महिना पछि बदर भएका ६६ जनाको पत्र मंगलबार आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरिदिएको छ ।
क कसको भयो स्तरबृद्धि बदर ?
सम्पर्क इमेल : [email protected]