छैटौं तहमा स्तरबृद्धि भएको ६ महिना पछि ६६ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि बदर

48.2k
Shares

काठमाडौँ, २९ असार । स्वास्थ्य सेवा विभागले छ महिना अघि छैटौँ तहमा स्तरबृद्धि गरेका ६६ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि बदर गरेको छ । स्वास्थ्य मन्त्रालयको सचिव स्तरको राय तथा विभागको निर्णय अनुसार भन्दै मंगलबार स्तरबृद्धि बदर गरेको हो ।

उनीहरुको २९ पुसमा पाँचौं तहबाट छैटौँ तहमा स्तरबृद्धि गरी पदनाम दिईएको थियो ।

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले शैक्षिक योग्यता र आन्तरिक मूल्यांकन सम्वन्धी व्यवस्था केही बाझिएकोले त्यसलाई कानून सम्वत गर्दा स्तरबृद्धि बदर भएको प्रतिक्रिया दिए । उनले लामो समय देखि यस विषयमा छलफल गरेको र कानूनी राय लिएर निर्णयमा पुगेको समेत बताए ।

विभागले स्तरबृद्धि भएको छ महिना पछि बदर भएका ६६ जनाको पत्र मंगलबार आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरिदिएको छ ।

क कसको भयो स्तरबृद्धि बदर ?

नाम सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *