अमेरिकामामा ६ महिना देखि ५ बर्ष उमेर समूहका ३ लाख बालबालिकाले कोभिडबिरुद्धको खोप लगाए

एजेन्सी । अमेरिकामा ६ महिना देखि ५ बर्ष उमेर समूहका ३ लाख बालबालिकाले कोभिडविरुद्धको खोप लिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

गत महिना त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले फाइजर बायोनटेक र मोर्डना खोप ६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकालाई दिन सकिने भन्दै स्वीकृति प्रदान गरेको थियो ।

कोभिडको जोखिम क मगर्नका लागि अहिले ६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको र यो उमेर समूहका करीब २ प्रतिशत बालबालिकाले कम्तीमा एक डोज खोप पाईसकेको ह्वाइट हाउसका एक अधिकारीले बताए ।

उनले अमेरिकामा ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई पनि कोभिडविरुद्धको खोप दिइएको बताउँदै त्यसमा कम्तिमा १५ प्रतिशत कभरेज भईसकेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *