भारतमा कोरोनाबाट झण्डै १९ हजार संक्रमित, ४३ जनाको मृत्यु

नयाँ दिल्ली, २५ असार । भारतमा कोरोना भाइरसबाट झण्डै १९ हजार जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन्।

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *