चौबिस घण्टामा ९८ जना कोरोना संक्रमित थपिए, २७ जना निको भए

काठमाडौँ, २४ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ९८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २७ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ६१ जनाको पीसीआर नमुना परीक्षण गर्दा ८३ जनामा र १ हजार ९३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ५ सय ६४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ सय ५५ जना र संस्थागत आइसोलेसनमा ९ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ७ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *