बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल स्वास्थ्य बीमा कार्यक्रम बन्द नहुने

200
Shares

काठमाडौँ, १९ असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । प्रतिष्ठानले आफूले पाउनु पर्ने ठूलो रकम सोधभर्ना नभएको भन्दै २० असार देखि वीमा कार्यक्रम रोक्ने बताएको थियो ।

तर, आज सूचना प्रकाशित गरेर आफ्ना माग पुरा गर्न ७ साउनसम्मको समयावधी दिएको उल्लेख गरेको छ । प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा जगतनारायण प्रसादले आज जारी गरेको विज्ञप्तीमा आगामी ७ साउनसम्म पाउनु पर्ने रकम नपाए ८ साउन देखि बीमा बन्द गर्ने उल्लेख छ ।

विज्ञप्तीमा धरानका मेयर, डा भगवान कोइराल तथा बीमा बोर्डका अधिकारीहरुसंग भएको छलफल पछि बन्द गर्ने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको बताइएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालले पनि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेर पछि फिर्ता लिएको थियो ।

धरानको विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *