चौबिस घण्टामा थप ५० जनामा कोरोना संक्रमण, २९७ सक्रिय संक्रमित

काठमाडौँ, १७ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ५० जना कोरोना संक्रमित थपिएका छन् । हिजो बिहीबार ५५ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ४६७ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३५ जनामा र १ हजार ३४७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टी भएको हो

त्यसैगरी आज थप १८ जना निको भई डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २ सय ९७ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ सय ९१ जना र संस्थागत आइसोलेसनमा ६ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *