चौबिस घण्टामा थप ४१ जनामा कोरोना संक्रमण, २०८ सक्रिय संक्रमित

काठमाडौँ, १३ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ३३७ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३६ जनामा र ८१ हजार २१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ८ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २ सय २ जना र संस्थागत आइसोलेसनमा ६ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *