स्वास्थ्य मन्त्री खापुङको पहिलो निर्णय :

ग्लोबल फण्डको सचिवालय मन्त्रालयमा स्थापना गर्ने सम्वन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने

काठमाडौँ, १३ असार । सरकारले ग्लोबल फण्डको प्राईमरी रेसिपिअन्ट (पीआर) सेभ द चिल्ड्रेनबाट खिचेर आफू मातहत ल्याउने तयारी गरेको छ । नव नियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले सोमबार पदवहाली गर्दा ग्लोबल फण्डको पीआर सन् २०२४ बाट सरकार मातहतमै ल्याउनका लागि सचिवालय स्थापना गर्ने सम्वन्धी प्रस्तावमा हस्ताक्षर गरे । यो प्रस्ताव आगमी मन्त्रीपरिषद् बैठकबाट पास गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ ।

सुरुमा ग्लोबल फण्डका सबै कार्यक्रमका लागि प्राईमरी रेसिपिअन्ट सरकार नै थियो । बीचमा सो जिम्मेवारी सेभ द चिल्ड्रेनले लियो । अब २०२४ पछि सरकार आफैले पीआर लिने गरी काम अघि बढाउन खोजेको हो । मन्त्रालयका प्रवक्ता डा संगिता मिश्राले भनिन् । उनले आज उठेको प्रस्तावलाई आगामी मन्त्रिपरिषद बैठकले निर्णय गरेपछि ग्लोबल फण्ड सम्वन्धी सचिवालय स्वास्य मन्त्रालयमै खोल्ने योजना रहेको सुनाईन् ।

‘अहिले नै ग्लोबल फण्ड आउने होईन् । उनीहरुले अहिले सेभ द चिल्ड्रेनलाई ग्लोबल पीआर तोकेका छन् । अब सन् २०२४ मा त्यो सकिदैछ । त्यसपछि हामी नै यो कार्यक्रमका लागि पीआर लिएर चलाउने योजना हो । त्यसका लागि अहिले देखि नै मन्त्रालयमा सचिवालय स्थापना गर्नुपर्छ । र धेरै मापदण्डहरु तयार गरी पुरा गर्नुपर्छ,’ मिश्राले भनिन् ।

ग्लोबल फण्डले नेपालमा एचआईभी एड्स, क्षयरोग र मलेरिया रोग विरुद्धका कार्यक्रममा सहयोग गर्दै आएको छ ।

यसैबीच नव नियुक्त स्वास्थ्य मन्त्री खापुङले आफू तीनवटा काममा प्राथमिकता दिएर अघि बढने बताए । पहिलो मन्त्रालयबाट हुने नीतिगत विषयमा जनउत्तरदायी तवरले काम गर्नेछु । दोस्रो आम सर्वसाधारणलाई न्युनतम स्वास्थ्य सेवा पुर्ती गर्नका लागि दुर्गम क्षेत्रमा लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने, तेस्रो प्राथमिकता नसर्ने रोग नियन्त्रण सम्वन्धी हुने बताए ।

यसैगरी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयका टिमसंग एक ढिक्का भएर अघि बढ्ने बताए । उनले स्वास्थ्य सबैको प्राथमिकतामा रहेको भन्दै यो मन्त्रालयलाई उच्चस्तरीय ढंगबाट अघि बढाउने बताए ।

कार्यक्रममा पदमुक्त मन्त्री विरोध खतिवडाले नव नियुक्त मन्त्रीहरुलाई शुभकामना दिदै आफ्ना पालामा भएका कामका बारेमा जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *