चौबिस घण्टामा थप ४३ जनामा कोरोना संक्रमण, १४ जना डिस्चार्ज

काठमाडौँ, १० असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार १ हजार ८५२ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३२ जनामा र १ हजार ७०३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टी भएको हो ।

जसमध्ये काठमाडौँमा ८ जना, भक्तपुरमा २ जना र ललितपुरमा ४ जना गरी उपत्यकामा मात्रै १४ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ८१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय ७७ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा २ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *