उपराष्ट्रपति पुन स्वास्थ्य परीक्षण गर्न नर्भिक पुगे

116
Shares

काठमाडौं, १० असार । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) शुक्रबार थापाथलीस्थित नर्भिक अस्पताल पुगि स्वास्थ्य जाँच गराएका छन् । दायाँ हर दुख्ने समस्या भएपछि उनी परीक्षणका लागि नर्भिक पुगेका हुन् ।

सो क्रममा उपराष्ट्रपति पुन अस्पतालमा करीब दुई घण्टा रहेका थिए ।

उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटी लगायतका परीक्षण गरिएको थियो ।

सो क्रममा उहाँको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सहरुले बताएका छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *