डब्ल्यूएचएनद्वारा मङ्कीपक्स महामारी घोषणा, विश्वभर झण्डै ३५०० संक्रमित

काठमाडौँ, १० असार । विश्वका  थुप्रै देशहरु मङ्कीपक्सको चपेटामा परेसँगै कोभिड-१९ को खतरासँग लड्न गठित वैज्ञानिकहरूको स्वतन्त्र गठबन्धन विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ।

डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गर्नुको मुख्य उद्देश्य व्यापक क्षति रोक्नको लागि धेरै देशहरू वा विश्वभरि संयुक्त प्रयास हासिल गर्नु भएको बताएको छ।

कुनै सङ्क्रमण विभिन्न देश एवं क्षेत्रमा बढेर अन्तर्राष्ट्रिय रुपमै र ठूलो सङ्ख्यामा फैलियो भने यसलाई महामारी घोषणा गरिन्छ।

अहिले  ३ हजार ४ सय १७ जना भन्दा बढीमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको डब्ल्यूएचएनले जनाएको छ। यो प्रकोप प्रमुख महाद्वीपहरूमा द्रूत रूपमा फैलिरहेको संगठनले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्कीपक्सलाई महामारी घोषणा गर्ने की नगर्ने भनेर बिहीबार बैठक बसेर समीक्षा गर्ने भनेका बेला डब्ल्यूएचएनले मङ्कीपक्सलाई महामारी घोषणा गरेको हो।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्। यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन् ।

एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *