भारतमा एकैदिन थपिए १३ हजार भन्दाबढी कोरोना संक्रमित

नयाँ दिल्ली, ९ असार । भारतमा पछिल्लो चौबिस घण्टामा १३ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सोही अवधीमा १० हजार ९७२ जना संक्रमणमुक्त भएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार थप ३८ जना संक्रमितको मृत्यु भएको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर ८३ हजार ९९० पुगेको छ। हिजो बुधाबार १२ हजार २४९ कोरोना संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो।

पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *