विभागद्धारा नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ वटा विदेशी कम्पनी छनौट (सूची सहित)


काठमाडौँ, ७ असार । नयाँ औषधि दर्ता एवं गुणस्तर एकिनका लागि ५८ वटा विदेशी कम्पनीको डब्लुएचओ जीएमपी गाइलाइन बमोजिम अडिट हुने भएको छ । औषधि व्यवस्था विभागको सिफारिसमा गत ६ असारमा स्वास्थ्य सचिव स्तरीय निर्णयबाट ५८ वटा कम्पनी छनौट गरिएको हो ।

यसअघि अडिटका लागि २७१ वटा विदेशी कम्पनीले आवेदन दिएका थिए ।

अहिले छनौटमा पर्नेमा केही बंगलादेशी कम्पनी छन् भने अधिकांश भारतीय कम्पनीहरु छन् ।

त्यसो त विभागले पछिल्लो तीन वर्ष देखि डव्लुएचओ जीएमपी अडिट गर्न सकेको थिएन । खासगरी पछिल्लो समय देखिएको कोभिड महामारी र अन्य कारणले टोली अडिटका लागि जान सकेको थिएन । अडिट नहुँदा विभागमा नयाँ तथा अत्यावश्यक औषधि दर्ता हुन सकेको थिएन । विभागले भने पटके सिफारिस दिएर काम चलाएको थियो ।

‘यसअघि दुई तीन वर्ष डव्लुएचओ जीएमपी अडिट हुन सकेको थिएन । कोभिड र अन्य कारणहरु थिए । तर यसपटक हामीले ५८ वटा कम्पनी छनौट गरेका छौँ । अब यी कम्पनीहरुको यो महिना भित्र अडिट हुन्छ । त्यसपछि पास भएका कम्पनीहरु विभागमा दर्ता हुन्छ र औषधि आयात गर्न मिल्छ,’ विभागका महानिर्देशक भरत भट्टराईले भने ।

विभागले छनौट गरेका कम्पनीहरु केही नयाँ, केही ब्राण्ड परिवर्तन भएका र केही स्थान परिवर्तन भएका पुराना कम्पनीहरु रहेका छन् । ती कम्पनीहरुको अडिट गर्न विभागबाट केही दिन भित्रै निरीक्षकको टोली त्यसतर्फ प्रस्थान गर्ने बताईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *