बालबालिकालाई लगाइने कोरोनाबिरुद्धको २२ लाख डोज फाइजर खोप काठमाडौँ आइपुग्यो

144
Shares

काठमाडौँ, ५ असार । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने कोरोनाविरुद्धको खोप फाइजर (पेडियाट्रिक) को २२ लाख डोज नेपाल आइपुगेको छ । उक्त खोप आज दिउसो  काठमाडौँ आइपुगेको हो ।

कोभ्याक्स सुविधा मार्फत अमेरिकी सरकारले नेपाललाई पठाएको सो खोप आगामी ९ असार देखि देशका २७ जिल्लामा सुरु हुने खोप अभियानका लागि पठाईनेछ ।

स्वास्थ्य मन्त्रालयले यसअघि नै ९ देखि १५ असारसम्म २७ जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिईने योजना सार्वजनिक गरिसकेको छ ।

सोही समूहलाई साउन २ देखि ५ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने बताइएको छ । यस्तै दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको लागि खोप अभियान संचालन हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *