बालबालिकालाई लगाइने कोरोनाबिरुद्धको २२ लाख डोज फाइजर खोप काठमाडौँ आइपुग्यो
काठमाडौँ, ५ असार । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिन मिल्ने कोरोनाविरुद्धको खोप फाइजर (पेडियाट्रिक) को २२ लाख डोज नेपाल आइपुगेको छ । उक्त खोप आज दिउसो काठमाडौँ आइपुगेको हो ।
कोभ्याक्स सुविधा मार्फत अमेरिकी सरकारले नेपाललाई पठाएको सो खोप आगामी ९ असार देखि देशका २७ जिल्लामा सुरु हुने खोप अभियानका लागि पठाईनेछ ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै ९ देखि १५ असारसम्म २७ जिल्लाका बालबालिकाहरुलाई पहिलो मात्रा खोप दिईने योजना सार्वजनिक गरिसकेको छ ।
सोही समूहलाई साउन २ देखि ५ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुने बताइएको छ । यस्तै दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको लागि खोप अभियान संचालन हुनेछ ।
सम्पर्क इमेल : [email protected]