चौबिस घण्टामा ३४ जना कोरोना संक्रमित थपिए , १५ जना डिस्चार्ज भए

काठमाडौँ, ३ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार २३४ जनाको पीसीआर नमुना परीक्षण गर्दा २४ जनामा र १ हजार ३७६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय २ जना र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।


Leave a Reply

Your email address will not be published.