पप गायक जस्टिन बिबरलाई देखियो ‘रामसे हन्ट सिन्ड्रोम’को समस्या, यो कस्तो रोग हो ?

बीबीसी । क्यानेडियन पप गायक जस्टिन बिबरले आफ्नो यो साता हुने सबै कन्सर्ट रद्ध गर्नु परेको छ । किनकी उनको अनुहारमा पक्षघातको समस्या देखिएको छ । २८ वर्षीय गायकले आफ्नो इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै आफूमा ‘रामसे हन्ट सिन्ड्रोम’को समस्या देखिएको पुष्टि गरेका छन् ।

उनले भिडियोमा भनेका छन्, ‘तपाईँले देखे जस्तै अहिले मेरो एउटा आँखा झिमिक्क हुन सकिरहेको छैनु । मेरो अनुहारको एक भागमा पक्षघात भएकोले मुस्कुराउन समेत सकेको छैन् ।’

विज्ञहरुका अनुसार रामसे हन्ट सिन्ड्रोम दाँत रहने भागमा आउने समस्याका कारण कान नजिकैको अनुहारको नसालाई असर गर्दा हुने गर्दछ ।

यो साताको सुरुमा बिबरको जस्टिस वल्र्ड टुरमा तीन कार्यक्रम स्थगित गर्ने घोषणा गरिएको थियो ।

के हो यो रोग ?
अमेरिकाको मेयो क्लिनिकका अनुसार रामसे हन्ट सिन्ड्रोमले अनुहारलाई पक्षघात गर्ने र कहिलेकाँही कानमा पनि असर गर्छ । जसले सुन्ने क्षमतामा पनि असर गर्न सक्छ । मेयो क्लिनिकले रामसे हन्ट सिन्ड्रोमका लक्षणहरु धेरै जसो मानिसहरुमा अस्थायी हुने तर केहीमा स्थायी हुनसक्ने बताएको छ ।

क्लिनिकले यस सिन्ड्रोमबाट पीडित कतिपयले आफ्नो आँखा झिम्काउन नसक्ने बताएको छ । यसले गर्दा आँखाको ज्योति धमिलो हुने, आँखा दुख्ने समस्या पनि निम्त्याउन सक्ने बताइएको छ । यो समस्या ६० वर्ष माथिका मानिसमा हुने सम्भावना बढी हुन्छ ।

यसअघि मार्चमा जस्टिन बिबरकी श्रीमती हेली बिबरको मस्तिस्कमा रगत जमेको कारण अस्पतालमा भर्ना गरिएको थियो । तर पछि उनलाई मस्तिस्कघात भएको र मुटुको प्वालबाट निको हुन शल्यक्रिया गरिएको भनिएको थियो ।

मेयो क्लिनिकका अनुसार रामसे हन्ट सिन्ड्रोम उही भाइरसले गर्दा हुन्छ जसले चिकेनपक्स निम्त्याउँछ । मानिसमा चिकेनपक्स निको भएपछि पनि यसको भाइरस लामो समयसम्म स्नायूमा रहन्छ । यो बर्षौपछि पनि सक्रिय हुनसक्छ । र यदि यो सक्रिय भयो भने यसले अनुहारको स्नायुहरुमा पनि प्रभाव पार्न सक्छ ।

लक्षण :

रामसे हन्ट सिन्ड्रोमका प्रमुख दुईवटा लक्षण हुन्छ ।

पहिलो लक्षण : कान भित्र र वरपर पिपले भरिएको छाला जस्तो दाग बन्छ । जसले दुखाई पनि निम्त्याउँछ ।
दोस्रो लक्षण : अनुहारको मांसपेशीहरुको कमजोरी वा पक्षघात देखिन सक्छ ।

तर कहिलेकाँही कसैमा यी दुबै लक्षणहरु पनि देखिनसक्छन् ।

यसबाहेक अरु पनि केही लक्षणहरु देखिन सक्छन् । जस्तो कि :

  • कानमा दुखाई,
  • कान सुन्नमा समस्या,
  • कान बज्नु,
  • एक आँखा बन्द गर्न गाह्रो हुनु
  • चक्कर आइरहेको महसुस हुनु
  • स्वाद हराउँदै जानु

यस्ता लक्षण देखिएमा तत्काल चिकित्सकलाई देखाउन जान उपयुक्त हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *