अर्जेन्टिनामा पछिल्लो एक हप्तामा ४६ हजार कोरोना संक्रमित भेटिए, ८४ को मृत्यु

अर्जेन्टिना, २३ जेठ । अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५ जना नयाँ सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा सोही अवधिमा अरु ८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको उल्लेख छ ।

अघिल्लो हप्ताको तुलनामा यो हप्ता नयाँ सङ्क्रमितको सङ्ख्या घटेको छ भने मृतकको सङ्ख्या बढेको छ । अघिल्लो हप्ता ५१ हजार ७७८ जना नयाँ सङ्क्रमित हुँदा ६४ जनाको मृत्यु भएको थियो ।

अर्जेन्टिनामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९२ लाख ७६ हजार ६१८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या एक लाख २८ हजार ९७३ पुगेको छ ।

अर्जेन्टिनामा कोरोना भाइरसका कारण बिरामी भइ ३४४ जना अहिले पनि अस्पतालमै भर्ना भएका छन् । उनीहरूलाई अति सघन कक्षमा राखेर उपचार गराइएको छ ।

अर्जेन्टिनामा गत सन् २०२० को डिसेम्बरदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइएको थियो ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *