कोभिड संक्रमितहरूलाई फोक्सोमा रगत जम्ने समस्या : अध्ययन

पेरिस, १९ जेठ । कोभिडको सङ्क्रमण भएका मानिसहरूमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ ।

हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो ।

युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ ।

सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड सङ्क्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गतहप्ता जनाएको छ।
सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *