भ्रष्टाचारको आरोपमा दिल्लीका स्वास्थ्य मन्त्री गिरफ्तार

ठेक्का र टेण्डरमा कमिसन माग्ने भन्दै गत साता पञ्जावका स्वास्थ्य मन्त्री बर्खास्तीमा परेका थिए

नयाँ दिल्ली, १७ जेठ । सम्पत्ति शुद्धीकरण मुद्धामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले उनलाई सोमबार पक्राउ गरेको हो । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए ।

सीबीआईले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

आम आदमीले उनको पक्राउको विरोध गरेको छ ।

गत साता मात्रै स्वास्थ्यको हरेक ठेक्कापट्टा र टेन्डरमा १ प्रतिशत कमिसन माग्ने गरेको भन्दै आम आदमी पार्टीका तर्फबाट पञ्जावका स्वास्थ्यमन्त्री भएका डा विजय सिंगलालाई बर्खास्त गरिएको थियो । सिंगलालाई पञ्जावका मुख्यमन्त्री भगवंत मानले बर्खास्त गरेका हुन् । बर्खास्त लगत्तै उनलाई प्रहरी पक्राउ गरि अनुसन्धान गरेको थियो ।

त्यसो त आम आदमी पार्टीले भ्रष्टचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने उद्घोष गर्दै आएको छ ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *