६८ प्रतिशत चिकित्सक लाइसेन्स परीक्षामा फेल

6.9k
Shares

काठमाडौँ, १४ जेठ । एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागी ६८ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत विहीबार देखि लिएको लाइसेन्स परीक्षाको आज नतिजा प्रकाशित हुँदा ३१.८४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले तीन दिने परीक्षामा कुल १ हजार ४९४ जना सहभागी भएको र त्यसमध्ये ४७५ जना मात्रै पास भएको बताए । परीक्षाका लागि कुल १ हजार ५१६ जनाले फारम भरेको भएपनि २२ जना अनुपस्थित भएको र २ जनाको नतिजा रोकिएको बताए । उनले १ हजार १७ जना भने अनुतिर्ण भएको जानकारी दिए ।

परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *