भारतमा थप दुई हजार १२४ कोरोना संक्रमित

नयाँदिल्ली, ११ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ४२ हजार १९२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५०७ पुगेको छ । यस समयमा भारतमा १३० सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १४ हजार ९७१ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ९७७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २६ लाख २ हजार ७१४ लाई कोरोना सङ्क्रमण निको भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *