भारतमा एकैदिन थपिए दुई हजार २५९ कोरोना संक्रमित

नयाँ दिल्ली, ६ जेठ । भारत चौबिस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ। यस समयमा भारतमा ७७५ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना संक्रमण निको भएको छ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *