भारतमा एकैदिन थपिए दुई हजार २५९ कोरोना संक्रमित

52
Shares

नयाँ दिल्ली, ६ जेठ । भारत चौबिस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ। यस समयमा भारतमा ७७५ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना संक्रमण निको भएको छ।
रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *