‘कोरोना महामारीले मानसिक स्वास्थ्य समस्या बढायो’

एजेन्सी । कोरोना महामारीले विश्वभरका युवा पुस्तामा मानसिक समस्यामा बृद्धि गरेको पाइएको छ । अमेरिकन मेडिकल जर्नलमा प्रकाशित विभिन्न २९ वटा रिसर्चले यस्तो देखाएको हो ।

पछिल्लो पटक ८० हजार ८७९ जना युवाहरुमा गरिएको सर्भेक्षणले महामारीबाट बालबालिका तथा किशोर किशोरीहरुमा डिप्रेसन तथा चिन्ता हुने समस्या दोब्बर बढेको पाइएको हो । युरोपमा त आत्महत्या युवा पुस्ताको मृत्युको दोस्रो प्रमुख कारण भएको पाइएको छ ।

विश्वभर गरिएको सर्भेले सबैभन्दा बढी समस्या इटालीका युवाहरुमा परेको देखिएको छ । महामारी सुरु भएपछि त्यहाँ मानसिक स्वास्थ्यको समस्या भएका युवाहरुको संख्या ६४ प्रतिशतले बढेको पाइएको छ । इटालीका साइकोलोजिकल एसोसिएसनका अध्यक्ष डेविड लैजारी भन्छन्, ‘महामारीको असरबाट निस्कन कैयौँ बर्ष लाग्न सक्छ ।’

भर्र्चुअल पढाईका कारण बालबालिकाहरु आपसमा घुलमिल हुन सकेनन्

इटालीको मिलान शहरस्थित न्युरो साइन्स एण्ड मेन्टल हेल्थ डिपार्टमेन्टका निर्देशक क्लाउडिया मेकासी भन्छिन्, ‘महामारीमा भर्चुअल माध्यमबाट पढाउने गर्नाले बालबालिकाहरु एक आपसमा घुलमिल हुन सकिरहेका छैनन् । जो उनीहरुका लागि निकैनै आवश्यक थियो ।

यस्तै युवाहरुमा पनि यसले निकै नै असर पुराएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *