मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको अन्तरिम आदेश
काठमाडौँ ४ जेठ । सर्वोच्च अदालतले हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीलाई निलम्वन गर्ने १२ बैशाखको निर्णय निर्णय कार्यान्वयन नगर्न वागमती प्रदेश सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।
गत २७ बैशाखमा सर्बोच्चका न्यायाधीश डा कुमार चुँडालको एकल इजलाशले जोशीलाई निलम्वन नगर्न अन्तरिम आदेश र कारण देखाउ आदेश दिएको हो ।
सर्वोच्चको यो आदेशसँगै डा। जोशीलाई काममा फर्किन बाटो खुलेको छ ।
यसअघि बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उपकुलपति प्राडा जोशीलाई पदीय जिम्मेवारी पुरा नगरेको तथा पद अनुरुपको आचरण नगरेको वा इमान्दारी पूर्वक आफ्नो कर्तव्य पुरा गरेको आरोप लगाउँदै निलम्बन गरेका थिए । त्यस निर्णय बिरुद्ध डा जोशीले गत २२ बैशाखमा सर्बोच्चमा रिट दायर गरेका थिए ।
हेर्नुहोस सर्बोच्चको आदेश
सम्पर्क इमेल : [email protected]