उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको पनि आशंका

200
Shares

सोल, ३१ वैशाख । उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ । यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

यहाँ शुक्रबार एकै दिनमा मात्रै एक लाख ७४ हजार ४४० जना भन्दा बढीलाई ज्वरो आएको थियो । कम्तीमा ८१ हजार ४३० जना पूर्णरूपमा निको भएका थिए । यस ज्वरोको कारण देशभर २१ जनाको मृत्यु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएको बताइएको छ ।

सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *