३० बैशाखको दिन कोभिडविरुद्धको खोप नदिने भईयो : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २५ बैशाख । स्वास्थ्य मन्त्रालयले स्थानीय तह निर्वाचनको दिन मतदान केन्द्र नजिक कोभिडविरुद्धको खोप लगाउने पूर्वघोषित सूचनालाई सच्याएको छ । उसले भोट हाल्ने दिन अर्थात ३० बैशाखका दिन मतदान स्थलमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले सो दिन खोप सञ्चालन नहुने भनेको छ ।

गत बुधबार मन्त्रालयका प्रवक्ता डा संगिता मिश्राले नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको नियमित कोरोना ब्रिफिङमा आगामी ३० बैशाखका दिन यसअघि कोभिडविरुद्धको पूर्ण खोप (छुटेका तथा बुस्टर डोज) लगाउन छुटेका १८ बर्ष माथिका नागरिकलाई मतदानस्थल नजिकै खोप केन्द्र सञ्चालन गरी खोप दिईने बताएकी थिईन् ।

स्वास्थ्यको सो घोषणालाई निर्वाचन आयोगले आचारसंहिता विपरित हुने बताइसकेको थियो ।

त्यसो त मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले समेत दुई दिन अघि नै खोप लगाउने विषयमा मन्त्रालयले औपचारिक निर्णय गरिनसकेको भन्दै त्यस दिन खोप सञ्चालन गर्न नसकिने बताएका थिए ।

घोषणा गरेको पाँच दिन पछि भने प्रवक्ता डा मिश्राले विज्ञप्ती जारी गर्दै निर्वाचनको दिन खोप सञ्चालन नहुने स्पष्ट पारेकी छन् । उनले अन्य दिनमा भने नियमित सेन्टरबाट नियमित रुपमा खोप सञ्चालन हुने जानकारी दिएकी छन् ।

डा मिश्राले पछिल्लो समय भारतमा कोभिड प्रकोप बढेको भन्दै निर्वाचनका बेला जनस्वास्थ्यको मापदण्ड अपनाउन समेत आग्रह गरेकी छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *