कोरोना भाइरस र रुस–युक्रेन द्वन्द्वका कारण मानसिक असर बढ्यो: विश्व स्वास्थ्य संगठन

60
Shares

कोपनहेगन, २२ वैशाख । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ ।

त्यसैगरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको भन्दै यी दुई समस्याले दशौँ लाख मानिसलाई मानसिक स्वास्थ्यको समस्या देखा परेको सो संगठनले जनाएको छ ।

सो संगठनका युरोप क्षेत्रका निर्देशक हान्स क्लुगले सो कुरा बताएका हुन् ।

उनले अनुसन्धानबाट यस्तो समस्या देखिएको भन्दै युक्रेनमाथिको हमलाले युक्रेनका नागरिक मात्र नभएर द्वन्द्वका रुपमा यसको असर अन्यत्र पनि परेको उनले बताए।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन र यसका छिमेकी देशहरूमा मानसिक स्वास्थ्यको परामर्श तथा औषधि खपतमा पनि वृद्धि भएको उनले बताए ।

सिन्हा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *