भारतमा एकैदिन थपिए ३२४६ कोरोना संक्रमित

नयाँ दिल्ली, १८ वैशाख । भारतमा छिल्लो २४ घण्टामा ३ हजार २ सय ४६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा सबैभन्दा बढी संक्रमित दिल्लीमा भेटिएका छन्। दिल्लीमा मात्रै १ हजार ५२० जनामा संक्रमण देखिएको छ। यससँगै दिल्लीमा सक्रिय कोरोना संक्रमितको संख्या हजार ७१६ पुगेको छ। भारतभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार भन्दा बढी रहेको छ।
भारतमा तेस्रो लहर कम हुँदै जाँदा सबै स्वास्थ्य प्रोटोकल अन्त्य भइ जीवन सामान्य रुपमा फर्किँदै गर्दा चौथो लहरको चुनौती देखिएको विज्ञहरुले बताएका छन्।
एजेन्सी
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



