बागमती प्रदेशले स्वास्थ्यकर्मीको तह बृद्धिको प्रक्रिया अघि बढायो

काठमाडौँ, १५ बैशाख । बागमती प्रदेश सरकारले प्रदेश अन्तरगत रहेका स्वास्थ्यकर्मीहरुको तहबृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले प्रदेश निजामती अध्यादेश २०७८ मा भएको व्यवस्था बमोजिम तहबृद्धिको प्रक्रिया अघि बढाएको बताएको छ ।
यसअघि प्रदेशको स्वास्थ्य मन्त्रालयले तह बृद्धि गर्ने प्रक्रिया अघि बढाउने सम्वन्धमा बुधबार सचिवस्तरीय निर्णय गरिसकेको थियो ।
मन्त्रालयले आज सूचना जारी गर्दै तह बृद्धिका योग्यता र सेवा अवधि पुगेका कर्मचारी (स्वास्थ्यकर्मी)ले पाँच दिन भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न भनेको छ ।
तह बृद्धिका लागि के के चाहिन्छ ?
- तह बृद्धि हुने पद भन्दा एक तह मुनिको पदमा पाँच वर्ष सेवा अवधी पुगेको खुल्ने कागजात
- तह बृद्धिको लागि अध्यादेशमा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि
- पछिल्लो पाँच वर्षको कार्य सम्पादन मुल्यांकनमा औषत ९५ प्रतिशत अंक प्राप्त गरेको कासमु फारम

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



